NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

सप्तरीमा युवकको शव फेला, एक घाइते

काठमाडौं । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका –१० इनर्वामा एक युवकको शव फेला परेको छ ।

इनरूवाका २१ वर्षीय तिरिकनारायण मण्डल आज विहान मृत फेला परेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिएका छन् ।

प्रवक्ता सिंहका अनुसार अजय मण्डल नामका अर्का युवक घाइते अवस्थामा फेला परेका हुन् । उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल लगिएको छ ।

मृतक मण्डलको अनुहार र शरीमा रगत देखिएकाले घटनाको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने सिंहले बताए । घटनाबारे अनुसन्धान गरिरहेको उनले बताए ।

ताजा अपडेट

नेपालवाच विशेष