विवादास्पद अभिव्यक्तिमा पक्राउ परेकी अधिवक्ता पाण्डे ‘हिरासतमा बस्नु नपर्ने’

काठमाडौं । विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ अनुसन्धानका लागि हिरासत बस्न नपर्ने भएको छ ।
जिल्ला अदालत, काठमाडौंले हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अनुमति नदिएपछि प्रहरीले उनलाई थुनामुक्त गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमुध ढुंगेलले बताए ।
जातीय विभेदसम्बन्धी कसुरमा बुधबार पक्राउ परेकी पाण्डेलाई हिजै म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो। उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न नपर्ने भन्दै अदालतले म्याद थप नगरेको हो ।
यद्यपी, पाण्डेविरूद्ध जाहेरी अनुसारकै मुद्दा भने चल्नेछ। हिरासतमा नराख्ने भनिएको र आरोपी बाहिरै बसेर मुद्दा लड्ने एसपी ढुंगेलले बताए ।
पाण्डेले एक टेलिभिजन अन्तर्वार्तामा मुस्लिम, मगर, तामाङ लगायत समुदायमा हाडनाताबीच हुने विवाहलाई लिएर विवादास्पद अभिव्यक्ति दिएकी थिइन्।
ताजा अपडेट
-
विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा
-
यसवर्ष करिब ६० हजार जना डेंगुबाट सङ्क्रमित हुने अनुमान
-
टाटाको ७.७ डिल्स लाइक नेभर विफोर कार्यक्रम, भाग्यशाली विजेतालाई आइफोन १६ उपहार
-
मलेसियालाई हराउँदै नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश
-
वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती
प्रतिक्रिया