बालकोट बोलाएर ओलीले खुवाए चिया, रीमा मख्ख
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली कलाका अनुरागी छन् । त्यसैले होला, कलाकारसँग अन्य शीर्ष नेताको दाँजोमा उनको सामीप्यता र हिमचिम बढी नै छ ।
कलाकारसँग ओली बरोबर संवाद गरिरहन्छन् । त्यो पनि बालकोटस्थित आफ्नै निवासमा बोलाएर । केही समयअघि नायिका श्वेता खड्कासँग ओलीले भेटघाट गरेका थिए । यो भेटघाटपछि विभिन्न अड्कालबाजी पनि भएका थिए । यो स्वाभाविक पनि हो किनभने, ओलीसँग नजिकिएका कलाकार धमाधम एमाले बनिरहेका छन् । ओलीकै पहलमा कोमल वली र नायिका करिष्मा मानन्धर एमाले प्रवेश गरेका थिए । यी दुवै जना अहिले एमालेमा सक्रिय छन् ।
यहीबीच, ओलीले अर्की कलाकार रीमा विश्वाकर्मालाई आफ्नै निवासमा बोलाएर चिया खुवाएका छन् । ओलीले सामाजिक सञ्जालमार्फत शनिबार सार्वजनिक गरेको तस्बिरमा रीमालाई मुस्कुराइरहेको देख्न सकिन्छ ।
भेटघाट कहिलेको हो र यसको प्रयोजन के थियो भन्नेचाहिँ ओलीले खुलाएका छैनन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया