माओवादी केन्द्रीय समिति तेस्रो दिनको बैठक : कति सदस्यले राखे धारणा ?
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय समितिको चौथो पूर्ण बैठकको तेस्रो दिन आज ६८ केन्द्रीय सदस्यले धारणा राखेका छन् ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राखेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
‘अध्यक्ष ‘प्रचण्ड’ ले प्रस्तुत गरेको प्रस्तावको मूल मर्मभित्रै रहेर सदस्यहरुले धारणा व्यक्त गर्नुभयो’, प्रवक्ता महराले भने, ‘अधिकांश सदस्यले पार्टी रुपान्तरण, जनतालाई पार्टीसँग जोड्नुपर्नेमा नेतृत्वको ध्यानाकर्षण गराए।’ सबै केन्द्रीय सदस्यले पार्टी जनताको माझमा जानुपर्ने, प्रतिबद्धताअनुसार काम गर्नुपर्ने, पार्टी निर्माण र विस्तार गर्नुपर्छ भन्नेमा जोड दिएका थिए ।
बुधबारदेखि सुरु भएको बैठकमा बिहीबारसम्म ७४ जनाले अध्यक्षको प्रस्तावमाथि धारणा राखेका थिए । बैठकमा बोल्नका लागि प्रत्येक केन्द्रीय सदस्यका लागि पाँच मिनेटको समय प्रदान गरिएको छ ।
बैठकमा तीन सय ८७ पूर्ण र एक सय ९६ वैकल्पिक केन्द्रीय सदस्य, अनुशासन, लेखा र निर्वाचन आयोगका ४१ सदस्य तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका ९० पदाधिकारीको सहभागिता रहेको छ । बैठक भोलि बिहान ११ बजे पुनः बस्नेछ ।
ताजा अपडेट
-
पढ्ने रहर भएकालाई कसरी सहयोग गर्छ क्यानोपि नेपाल ?
-
डा. गोविन्द केसीले ताेडे अनसन
-
फिनल्यान्डले नेपाललाई १ अर्ब ८७ करोड अनुदान दिने
-
नेपाल चेम्बर र अर्मेनियाको चेम्बरबीच व्यापार एवं सूचना प्रविधिमा सहकार्य हुने
-
राष्ट्रिय बीमा कम्पनीको उपशाखा डोटीमा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न
प्रतिक्रिया