पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्षको जेल सजाय
![पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्षको जेल सजाय](http://nepalwatch.com/wp-content/uploads/2023/06/imran-khan.jpg)
इस्लामाव । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक–ए–इन्साफका अध्यक्ष इमरान खानलाई ट्रयाल कोर्टले गैरकानूनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाएको छ ।
सुनुवाइको क्रममा अतिरिक्त जिल्ला न्यायाधीश (एडिएसजे) हुमायुन दिलावरले पूर्वप्रधानमन्त्री खानविरूद्धका आरोप पुष्टि भएको बताएका थिए। द डनले जनाए अनुसार खानलाई निर्वाचन कसुरको धारा १७४ अन्तर्गत दोषी ठहर गरेको हो ।
पाकिस्तान प्रहरीले खानलाई लाहोरस्थित निवासबाट पक्राउ गरेको रोयटर्सले जनाएको छ। खानका वकिल इन्तजार हुसैन पन्जुथाले रोयटर्सलाई फोन गरी खान पक्राउ परेको जानकारी दिएका थिए ।
ताजा अपडेट
-
फर्जी लाइसेन्स प्रकरणः उपसचिवसहित पाँच कर्मचारी पक्राउ
-
३२ सहसचिवको सरुवा
-
मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन अध्यक्ष ढकालको आग्रह
-
नेपालमा अवसरै अवसर छन्, आउनुहोस् मिलेर लगानी गरौँ : अध्यक्ष ढकाल
-
प्रहरी महानिरीक्षक ‘हटाउन लागिएको’ विषयमा बोल्यो प्रहरी प्रधान कार्यालय
प्रतिक्रिया