दिल्लीको विजयी सुरुवात, मुम्बईलाई ४ विकेटले हरायो

काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) टि–ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ ।
आइतबार भएको खेलमा मुम्बई इण्डियन्सलाई ४ विकेटले हराउँदै दिल्लीले विजयी सुरुवात गरेको हो ।
मुम्बईले दिएको १७८ रनको लक्ष्य दिल्लीले १८.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
दिल्लीको जितमा ललित यादवले अविजित ४८ रन बनाए भने अर्का अविजित अक्षर पटेलले ३८ रन जोडे ।
यस्तै, पृथ्वी शले ३८, शार्दुल ठाकुरले २२ र टिम सेइफर्टले २१ रन बनाए ।
मुम्बईका बासिल थाम्पीले ३ तथा मुरुगान आश्विनले २ विकेट लिए पनि आफ्नो टोलीलाई जिताउन सकेनन् ।
यसअघि टस हारेर ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १७७ रन बनाएको थियो ।
मुम्बईका इशान किशनले अविजित ८१ रनको अर्धशतकीय इनिङ खेले भने कप्तान रोहित शर्माले ४१ रन बनाए ।
यस्तै, तिलक वर्माले २२ रन जोड्दा टिम डाभिडले १२ रनमा आउट भए ।
दिल्लीका कुलदीप यादवले ३ तथा खलिल अहमेदले २ विकेट लिए ।
जितसँगै दिल्लीले २ अंक जोडेको छ । हार ब्यहोरेको मुम्बई अंकविहीन छ ।
यसैबीच, अहिले किंग्स इलेभेन पञ्जाब र रोयल चालेन्जर्स बैंग्लोरबीच खेल हुँदैछ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया