दिल्लीको विजयी सुरुवात, मुम्बईलाई ४ विकेटले हरायो
काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) टि–ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ ।
आइतबार भएको खेलमा मुम्बई इण्डियन्सलाई ४ विकेटले हराउँदै दिल्लीले विजयी सुरुवात गरेको हो ।
मुम्बईले दिएको १७८ रनको लक्ष्य दिल्लीले १८.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
दिल्लीको जितमा ललित यादवले अविजित ४८ रन बनाए भने अर्का अविजित अक्षर पटेलले ३८ रन जोडे ।
यस्तै, पृथ्वी शले ३८, शार्दुल ठाकुरले २२ र टिम सेइफर्टले २१ रन बनाए ।
मुम्बईका बासिल थाम्पीले ३ तथा मुरुगान आश्विनले २ विकेट लिए पनि आफ्नो टोलीलाई जिताउन सकेनन् ।
यसअघि टस हारेर ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १७७ रन बनाएको थियो ।
मुम्बईका इशान किशनले अविजित ८१ रनको अर्धशतकीय इनिङ खेले भने कप्तान रोहित शर्माले ४१ रन बनाए ।
यस्तै, तिलक वर्माले २२ रन जोड्दा टिम डाभिडले १२ रनमा आउट भए ।
दिल्लीका कुलदीप यादवले ३ तथा खलिल अहमेदले २ विकेट लिए ।
जितसँगै दिल्लीले २ अंक जोडेको छ । हार ब्यहोरेको मुम्बई अंकविहीन छ ।
यसैबीच, अहिले किंग्स इलेभेन पञ्जाब र रोयल चालेन्जर्स बैंग्लोरबीच खेल हुँदैछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया