आज सकिँदै माओवादी बैठक
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज समापन हुने भएको छ ।
बुधबारदेखि जारी बैठकको सुरुवातमा केन्द्रीय सदस्यहरूलाई धारणा राख्ने समय दिइएको थियो । उनीहरूको बोल्ने क्रम सकिएकाले आज बैठक समापन गर्न लागिएको हो ।
माओवादीका महासचिव देव गुरुङले केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नमाथि आज पार्टी अध्यक्षले जवाफ दिने र त्यसपछि बैठक अन्त्य गरिने जानकारी दिए ।
बुधबारदेखि शनिबारसम्म धारणा राखेका माओवादीका अधिकांश केन्द्रीय सदस्यले पार्टी नेतृत्वको आलोचना गरेका छन् । अध्यक्षको उत्तराधिकारी तयार नगरिएको, नेतृत्व परिवारवादमा लिप्त भएको, त्यागीलाई पार्टीबाट पाखा पारिएकोलगायत आरोप नेताहरूले नेतृत्वमाथि लगाएका छन् ।
ताजा अपडेट
-
बागलुङका ११ हजार बालबालिकालाई आइपिभी खोप लगाइँदै
-
सहकारीको रकम हिनामिना : छानबिन समितिको कार्यादेश टुंगाे लगाउन कार्यदलको बैठक जारी
-
कुरिनटारमा ट्रक र माइक्रोबस ठोक्किए, १५ जना घाइते
-
‘कोषका पदाधिकारीको निर्देशन’मा पशुपतिको भेटी चोरी, ८ पक्राउ
-
भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन
प्रतिक्रिया