रास्वपाले फिर्ता गर्यो मोबाइल क्लिनिक सञ्चालन गरिएको एम्बुलेन्स
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले मोबाइल क्लिनिकका रूपमा सञ्चालित एम्बुलेन्स पुरानो मेडिकल कलेजलाई फिर्ता गरेको छ ।
आफू निर्वाचित भएको १०० दिनको अवसरमा रास्वपाका सभापति रवि लामिछानेले आफ्नो क्षेत्रका ६५ वर्षमाथिका वृद्धवृद्धाको उपचार गर्न पुरानो मेडिकल कलेजको एम्बुलेन्सको रङ परिवर्तन गरेर प्रयोगमा ल्याएका थिए । तर रङ परिवर्तनलगायतलाई लिएर आलोचना भएपछि रास्वपाले त्यसलाई पुरानो मेडिकल कलेजलाई नै फिर्ता गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख डा. मनोहर प्रधानले एम्बुलेन्सलाई लिएर विवाद सिर्जना गरिएकाले पुरानो मेडिकल कलेजलाई नै फिर्ता गरिएको जानकारी दिए ।
रास्वपाको ब्लु बस फेरि अर्को विवादमा – NepalWatch
एम्बुलेन्स फिर्ता गरिए पनि मोबाइल स्वास्थ्य सेवा पूर्ववत् सञ्चालन गरिने उनले जानकारी दिए । उनका अनुसार, यसका निम्ति अब भ्यान सञ्चालन गरिनेछ ।
रास्वपाले गत साताबाट चितनवमा महिलाका लागि निःशुल्क बस सेवा पनि सञ्चालनमा ल्याएको छ । यातायात कार्यालयको अनुमतिमा रङ परिवर्तन गर्नुपर्नेमा त्यसो नगरिएको भन्दै यसको पनि आलोचना भइरहेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया