पाकिस्तान रेल दुर्घटना: मृत्यु हुनेको संख्या १९ पुग्यो, ५० बढि घाइते
काठमाडौं । पाकिस्तानमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।
सिन्ध प्रान्तको संघार जिल्लाको सरहरी सहरमा भएकोे हजारा एक्सप्रेस रेल दुर्घटनामा १९ जनाको ज्यान गएको अन्तराष्ट्रिय समाचार सस्था बीबीसीले जनाएको छ । दुर्घटनामा ५० बढि घाइते भएका छन् ।
अधिकारीहरुका अनुसार रेलका आठ डीब्बा पटरीबाट खसेका र घाइतेहरु यसमा फसेका छन्, उनीहरुको उद्धारको प्रयास भइरहेको छ ।
दुर्घटनास्थलमा रहेका मोहम्मद उस्मान मल्लाहले बीबीसीलाई भनेः ‘धेरै यात्रुहरू कोचमुनि दबिएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ ।’
दुर्घटनास्थलमा ठूलो संख्यामा स्थानीय पुगेका र उनीहरुको सहयोगमा यात्रुलाई बाहिर निकाल्ने काम भइरहेको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया