चैत दोस्रो सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन २ अर्बले बढ्यो
काठमाडाैं । चैत दोस्रो सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन २ अर्बले बढेको छ । यही अवधिमा कर्जा विस्तार भने जम्मा एक अर्बले मात्रै बढेको छ । वाणिज्य बैंकहरुले यहि अवधिमा निक्षेप संकलन २ अर्ब बढेर ४३ खर्ब ३० अर्ब रुपैयाँ संकलन गरेका छन् ।
चैत पहिलो सातामा बैंकहरुमा निक्षेप संकलन ५ अर्बले घटेको थियो भने कर्जा विस्तार ४ अर्बले घटेको थियो । निक्षेप संकलनमा उल्लेख्य सुधार हुन नसक्दा सिडी रेसियो पनि बढेको छ । हाल बैंकहरुको औषत सिडी रेसियो ९१.१३ प्रतिशत छ । गत साता सिडी रेसियो ९१.१९ प्रतिशत थियो ।
नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुको सिडी रेसियो ९० प्रतिशत तोकेको छ । बैंकहरुले आउदो असार मसान्त भित्रमा सिडी रेसियो ९० प्रतिशतमा झार्नु पर्नेछ । अहिले नै सिडी रेसियो सिमा भन्दा माथि भएकाले असार सम्ममा अझै दवाव पर्ने देखिन्छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया