गृहमन्त्री श्रेष्ठ र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
देउवाको सचिवालयले जनाए अनुसार उपप्रधानमन्त्री श्रेष्ठ देउवालाई भेट्नका लागि शुक्रबार साँझ धुम्बाराही पुगेका थिए। देउवा र श्रेष्ठबीच केहीबेर छलफल भएपनि के विषयमा कुराकानी भएको भन्ने खुलाइएको छैन।
शुक्रबार नै बसेको काँग्रेस संसदीय दलको बैठकमा सांसदहरूले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा सांसद सुनिल शर्मामाथि सरकार पूर्वाग्रही भएर कांग्रेसलाई लक्षित गरेको आशंका गरेका थिए । कांग्रेस संसदीय दलको बैठकमा सरकारको आलोचना भएपछि गृहमन्त्री श्रेष्ठ धुम्बाराही पुगेका हुन्।
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण पक्राउ परेका कांग्रेस सांसद शर्मा शुक्रबार नै छुटिसकेका छन् ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया