सम्पर्कविहीन भएको ५ वर्षपछि अधिकृत खोज्दै सरकार
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाँच वर्षदेखि आफ्नो पदाधिकार रहेको कार्यालयको सम्पर्कमा नआएकी एक अधिकृतको खोजी थालेको छ ।
बिना जानकारी ९० दिनभन्दा बढी समय निरन्तर अनुपस्थित भएका कर्मचारीमाथि कारबाही प्रक्रिया चलाउनुपर्नेमा ०७५ फागुन १६ देखि बिना जानकारी अनुपस्थित रहेकी बाली संरक्षण अधिकृत मन्दिरा कटुवालको खोजी मन्त्रालयले बल्ल थालेको हो ।
कटुवाल बिना जानकारी लगातार ९० दिनभन्दा बढी अनुपस्थित रहेकाले उनीमाथि कारबाही प्रक्रिया अघि बढाएको मन्त्रालयले जनाएको छ । निजामती सेवा ऐन, २०४९ मा कुनै पनि कर्मचारी बिना जानकारी ९० दिनभन्दा बढी समय बिना जानकारी अनुपस्थित भएको अवस्थामा स्पष्टीकरण सोध्ने र त्यसपछि पनि सम्पर्कमा नआएमा वा चित्तबुझ्दो जवाफ नदिएमा सेवाबाट हटाउन सकिने प्रावधान छ ।
मन्त्रालयका अनुसार, यसअघि गत असार २ गते निजामती सेवा ऐन, २०४९ को दफा ६१(१) खण्ड (छ) को कसुरमा सफाइ दिन समय दिइएको थियो । कटुवाल उक्त समयावधिभित्र पनि सम्पर्कमा नआएपछि ३० दिने स्पष्टीकरण सोधिएको छ ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया