जङ्गली च्याउ खाँदा ११ वर्षीया बालिकाको मृत्यु

घोराही । दाङमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । बङ्गलाचुली गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेकामध्ये एक जनाको मृत्यु भएको हो ।
जङ्गली च्याउ खाएर बिरामी परेकी बङ्गलाचुली गाउँपालिका–४ निवासी ११ वर्षकी अस्मिता सुनारको मृत्यु भएको वडाध्यक्ष डासबहादुर डाँगीले जानकारी दिए। उनका अनुसार अस्मितालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारपछि मङ्गलबार साँझ थप उपचारका लागि बुटवल लगिएकोमा बुटवलमा मृत्यु भएको हो ।
मृतक अस्मिताको आमा २७ वर्षीया ईश्वरी सुनारको पनि अवस्था गम्भीर रहेको छ । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आइसियुमा राखेर उपचार भइरहेको छ । उनका श्रीमान् अजय सुनारको पनि प्रतिष्ठानमै उपचार भइरहेको छ । जङ्गलमा भेटिएको च्याउ पकाएर खाँदा बङ्गलाचुली गाउँपालिका–४ मा एकै घरका तीन जना बिरामी परेका थिए ।
ताजा अपडेट
-
क्रिकेटमा नेपालको सफलता खेलाडीहरूको समर्पण र मेहनतको प्रतिफल : राष्ट्रपति पौडेल
-
देशैभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द
-
बागमती प्रदेश सभा बैठक बस्दै
-
भोजपुर हत्या घटना: शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो
-
प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने
प्रतिक्रिया