सुन प्रकरण : थप दुई चिनियाँ नागरिक पक्राउ
काठमाडौं । ६० किलो सुन प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
गएराति प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धानका क्रममा काठमाडौंबाट दुई चिनियाँ नागरिक पक्राउ गरेको हो । हालसम्म पक्राउ परेकामध्ये उनीहरु सबैभन्दा उच्च तहमा काम गर्ने व्यक्ति भएको प्रहरीले जनाएको छ । यद्यपी, पक्राउ पर्नेको नाम प्रहरीले खुलाएको छैन ।
गत ३ साउनमा राजश्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थलको भन्सार पास भइसकेको अवस्थामा बरामद गरेको थियो । स्कुटरको ब्रेक शुमा ल्याइएको उक्त सुन गत मंगलबार गाल्दा भने ६० किलो ७ सय १६ ग्राममात्रै हुन आयो ।
प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया