बुद्धचित्तको माला आफ्नो देश लान लागेका एक कोरियन विमानस्थलबाट पक्राउ
काठमाडौं । नेपाल प्रहरीले बुद्धचित्तको मालासहित एकजना विदेशीलाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको टोलीले अवैध रुपमा बुद्धचित्तको माला लिएर कोरिया जान लागेको अवस्थामा राहदानी नम्बर एम ८०९०९५६४ भएका कोरियन नागरिक सुन युङ जाङलाई आइतबार राति पक्राउ गरेको हो ।
पक्राउ परेका जाङ कतार एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट कतारको दोहा हुँदै कोरिया जान लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीसँग प्रहरीले १५३ थान बुद्धचित्तको मालासमेत बरामद गरेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया