आज तीन प्रदेशमा भारी र दुई प्रदेशमा मध्यम वर्षाको सम्भावना
काठमाडौं । आइतबार तीन प्रदेशमा भारी र दुई प्रदेशमा मध्यम वर्षाको सम्भावना औंल्याइएको छ । मौसम पूर्वानुमान महाशाखाले नियमित बुलेटिन सार्वजनिक गर्दै भारी वर्षाले बाढी तथा पहिरोको जोखिम बढाउने भन्दै सतर्क रहन आग्रह गरेको छ ।
महाशाखाका अनुसार, दिउँसो लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागको केही स्थानहरूमा र बाँकी भूभागको थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातको समयमा भने कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुनसक्छ । भारी वर्षाले बाढी तथा पहिरो जानसक्ने उल्लेख गर्दै महाशाखाले सचेत रहन आग्रह गरेको छ ।
‘कोशी, बागमती र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन, चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेकोले यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षयजस्ता प्रकोप हुन सक्ने भएकोले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,’ बुलेटिनमा सतर्कता अपनाउन आग्रह गर्दै भनिएको छ ।
महाशाखाका अनुसार, आगामी तीन दिनसम्मै देशका मधेस प्रदेशबाहेकका भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना देखिएको छ ।
महाशाखाका अनुसार, अहिले मनसुनी प्रभावले वर्षा भइरहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया