काठमाडौं उडिन् कोशी प्रदेशकी उपसभामुख, उद्धव थापाले लिने विश्वासको मत के हुन्छ ?

काठमाडौं । कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार स्वास्थ्य समस्या देखाउँदै काठमाडौं उडेपछि मुख्यमन्त्री उद्धव थापाले आज लिने भनिएको विश्वासको मत लिने कार्यसूची अलमलमा परेको छ ।
सभामुखको जिम्मेवारीमा रहेकी उपसभामुख सिर्जना दनुवार उपचारका लागि भन्दै बिहान काठमाडौं लागेपछि सांसदहरु अलमलमा परेका हुन् । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिने कार्यसूची छ । विश्वासको मत लिने प्रदेश सभा बैठकको अध्यक्षता नगर्ने भन्दै उनी काठमाडौं गएकी हुन् ।
एमालेबाट निर्वाचित उपसभामुख दनुवार आइतबार बेलुका नै काठमाडौं जान खोजेपनि टिकट नपाएको कारण आज काठमााडौं गएकी उनी निकट स्रोतले बतायो ।
नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार कांग्रेस सांसद इस्राइल मन्सुरीलाई बैठक सञ्चालन गर्ने जिम्मेवारी दिएर दनुवार काठमाडौं गएकी हुन् ।
सत्तारुढ गठबन्धनसँग बहुमत ४७ सदस्य छन् । तर त्यो बहुमत उपसभामुख दनुवार वा एमाले र राप्रपाका अध्यक्ष मण्डलका सदस्य र ज्येष्ठ सदस्यले प्रदेशसभा बैठकको अध्यक्षता गरिदिने अवस्थामा मात्रै कायम रहन्छ । मन्सुरीले बैठक सञ्चालन गरे मुख्यमन्त्री थापाले विश्वासको मत पाउँदैनन् ।
ताजा अपडेट
-
‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’
-
ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना
-
धरहराबाट करिब पाँच करोड राजस्व सङ्कलन
-
सम्पत्ति शुद्धीकरण मामिलामा खैरो सूचीबाट बाहिर निस्कन अनुसन्धान र कारबाही प्रभावकारी बनाइने
-
नेपालको कर्मचारीतन्त्र सुधारका लागि विशिष्टीकृत सेवा आवश्यक हो ?
प्रतिक्रिया