सन्दीप बने प्लेयर अफ द म्याच, कुशलले बनाए विश्व कीर्तिमान
काठमाडौं । त्रिकोणात्मक टि–२० अन्तराष्ट्रिय सिरिजअन्तर्गत पपुवा न्युगिनी (पिएनजी) विरुद्धको खेल आज नेपालले १५ रनले जितेको छ ।
उक्त खेलमा नेपालका कप्तान सन्दीप लामिछाने प्लेयर अफ द म्याच चुनिएका छन् ।
काठमाडौंको त्रिवि क्रिकेट मैदानमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप प्लेयर अफ द म्याच बनेका हुन् ।
सन्दीपले ४ ओभरमा २२ रन खर्चिएर महत्वपूर्ण ३ विकेट लिएका थिए ।

यस्तै, युवा ओपनर ब्याटर कुशल भुर्तेलले पनि विश्व कीर्तिमान बनाएका छन् । उनले टि–२० क्रिकेटमा सबैभन्दा छिटो ५०० रन पूरा गर्ने खेलाडी बनेका छन् ।
कुशलले आजको पिएनजी विरुद्धको खेलबाट विश्व कीर्तिमान बनाएका हुन् ।
पिएनजीविरुद्ध आज उनले २० रन बनाएका थिए । यससँगै उनले ५०० रन पूरा गरे ।
उनले मात्र १२ खेलमा उक्त कीर्तिमान बनाएका हुन् ।
यसअघि यो कीर्तिमान विश्व प्रशिद्ध भारतीय ब्याटर केएल राहुलको नाममा थियो । उनले १३ खेलमा ५०० रन बनाएका थिए ।
यसैगरी, नेपालका बलर करण केसीले पनि मुभ अफ द डे अवार्ड हात पारे ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया