NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ८ गते

इटहरीमा बम विस्फोट, दुई जना घाइते

घटनास्थलबाट विद्रोहीको पर्चा बरामद

काठमाडौं । इटहरीमा सुतली बम विस्फोट भएको छ । घटनामा दुई जना घाइते भएका छन् ।

इटहरी उपमहानगरपालिका–२, नवजागृति टोलमा गएराति करिब १० बजे बम विस्फोट भएको हो ।

इलाका प्रहरी कार्यालय, इटहरीका अनुसार, रवीन थापाको कोठामा बम विस्फोट भएको पाइएको छ । घटनामा थापा र शेरजंग गुरुङ घाइते भएका छन् । थापा इटहरी र गुरुङ लमजुङको भएको खुलेको छ ।

घाइतेमध्ये एकको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र अर्काको विराटनगर आँखा अस्पतालमा उपचार भइरहेको छ ।

थापाको डेरामा प्रहरीले हिमाल सुरक्षा परिषद्, नेपालको पर्चासमेत बरामद गरेको छ । परिषदले अघिल्लो महिना मात्रै सशस्त्र संघर्ष घोषणा गरेको थियो । नेपाललाई धर्मनिरपेक्षबाट हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने उसको मुख्य माग छ ।

ताजा अपडेट

नेपालवाच विशेष