इटहरीमा बम विस्फोट, दुई जना घाइते
काठमाडौं । इटहरीमा सुतली बम विस्फोट भएको छ । घटनामा दुई जना घाइते भएका छन् ।
इटहरी उपमहानगरपालिका–२, नवजागृति टोलमा गएराति करिब १० बजे बम विस्फोट भएको हो ।
इलाका प्रहरी कार्यालय, इटहरीका अनुसार, रवीन थापाको कोठामा बम विस्फोट भएको पाइएको छ । घटनामा थापा र शेरजंग गुरुङ घाइते भएका छन् । थापा इटहरी र गुरुङ लमजुङको भएको खुलेको छ ।
घाइतेमध्ये एकको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र अर्काको विराटनगर आँखा अस्पतालमा उपचार भइरहेको छ ।
थापाको डेरामा प्रहरीले हिमाल सुरक्षा परिषद्, नेपालको पर्चासमेत बरामद गरेको छ । परिषदले अघिल्लो महिना मात्रै सशस्त्र संघर्ष घोषणा गरेको थियो । नेपाललाई धर्मनिरपेक्षबाट हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने उसको मुख्य माग छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया