शिक्षक बढुवाका लागि आवेदन आह्वान

काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक बढुवाका लागि आवेदन आह्वान गरेको छ । देशभरका सामुदायिक विद्यालयमा नेपाल सरकारबाट स्वीकृत दरबन्दीअनुसार विभिन्न तह र श्रेणीमा कार्यरत शिक्षकहरूको आन्तरिक परीक्षा र कार्यसम्पादन मूल्यांकनबाट बढुवा गर्न आयोगले आवेदन आह्वान गरेको हो ।
शिक्षक सेवा आयोग नियमावली, २०५७ अनुसार २५ प्रतिशत आन्तरिक प्रतियोगिता र ७५ प्रतिशत कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा गर्ने गरी आवेदन आह्वान गरिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार, आवेदन आयोगको आधिकारिक बेवसाइटमार्फत पेश गर्न सकिनेछ ।
हेर्नुहोस् सूचना
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया