भारतमा एक हप्तामा ७ पटक बढ्यो पेट्रोलको मूल्य
नयाँ दिल्ली । भारतमा मंगलबार पेट्रोलको मूल्यमा प्रतिलिटर ८० पैसा र डिजेलको मूल्य ७० पैसा बढेको छ । एक हप्तामा सातौंपटक पेट्रोल र डिजेलको मूल्य बढेर अहिलेसम्म ४.८० रुपैयाँ वृद्धि भएको छ ।
मूल्य बढेपछि दिल्लीमा पेट्रोलको मूल्य अहिले ९९.४१ रुपैयाँबाट बढेर १००.२१ रुपैयाँ प्रतिलिटर पुगेको छ भने डिजेलको मूल्य ९०.७७ रुपैयाँ प्रतिलिटरबाट बढेर ९१.४७ रुपैयाँ पुगेको छ । मुम्बईमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८५ पैसा र ७५ पैसाले बढेको छ ।
अब त्यहाँ पेट्रोलमा प्रतिलिटर ११५.०४ र डिजेलमा प्रतिलिटर ९९.२५ तिर्नुपर्नेछ ।
प्रत्येक राज्यमा पेट्रोल र डिजेलको मूल्यमा थोरै भिन्नता छ किनभने तिनीहरूको मूल्य विभिन्न राज्य र केन्द्र सरकारको करको आधारमा निर्धारण गरिन्छ । यी करहरू राज्य अनुसार भिन्न हुन्छन् ।
Petrol price hiked by 80 paise a litre, diesel up 70 paise – seventh increase in a week taking total hike to Rs 4.80/ltr
— Press Trust of India (@PTI_News) March 29, 2022
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया