भाजपा फेरि सत्तामा आए निरंकुश शासनको सामना गर्नुपर्छ: ममता बनर्जी

काठमाडौं । भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी भारतीय जनता पार्टी तेस्रो पटक सत्तामा आए देशले निरंकुश शासनको सामना गर्नुपर्ने बताएकी छन् ।
समाचार संस्था पीटीआईकाअनुसार उनले भाजपाले डिसेम्बर वा जनवरीमा लोकसभा चुनाव गराउन सक्ने दावी गरेकी छन् ।
‘यदि भाजपा तेस्रो पटक सत्तामा आयो भने, देशले निरंकुश शासनको सामना गर्नुपर्नेछ,’ उनले भनिन्, ‘मलाई डर छ कि भाजपाले डिसेम्बर वा जनवरीमा लोकसभा चुनाव गराउन सक्छ ।’
ममताले भाजपाले चुनावी अभियानका लागि सबै हेलिकप्टर बुक गरिसकेको दाबी पनि गरेकी छन् ।
उनले भाजपाले देशमा समुदायहरूबीच घृणा फैलाएको आरोप लगाउँदै भाजपा फेरि सत्तामा फर्किए देशलाई घृणाको देश बनाउने बताईन् ।
ममता तृणमूल कांग्रेसकी प्रमुख हुन । बर्नर्जी पश्चिम बङ्गालको पहिलो महिला मुख्यमन्त्री पनि हुन् ।
प्रतिक्रिया