सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार पाँच सय निर्धारण गरिएको छ ।
अघिल्लो दिन प्रतितोला एक लाख ११ हजार सात सय रूपैयाँमा कारोबार भएकाे सुनको मूल्य आज ताेलामा आठ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार नौ सय ५० कायम भएको छ ।
यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख ११ हजार एक सय ५० रूपैयाँ थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रूपैयाँले बढेर एक हजार चार सय ८५ तोकिएको महासंघले जनाएको छ ।
महासंघले अन्तरर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया