कञ्चनपुरमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु
महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिकाका ७२ वर्षीय जनकलाल चौधरीको करेन्ट लागेर उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीका बुबा जनकलालको मंगलबार साँझ घरमा नुहाउने क्रममा करेन्ट लागेर घाइते भई धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले चौधरीको शव बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा परीक्षण गरी आफन्तको जिम्मा लगाइएको छ ।
त्यसैगरी कञ्चनपुरको दक्षिण क्षेत्र जोड्ने हुलाकी सडकमा मोटरसाइकल अनियन्त्रित भई एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हुलाकी सडक खण्डको बेल्डाँडी गाउँपालिका-१ आनन्द टोलमा स्थानीय राधाकृष्ण टोलका २५ वर्षीय सुनिल सार्कीले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
प्रहरी प्रवक्ता डाँगीले मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका सार्कीको उपचारका क्रममा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको जानकारी दिए ।
ताजा अपडेट
-
कति छ प्रधानमन्त्री पुष्पकमल दाहालको सम्पत्ति ?
-
कान्तिलोकपथ एक हप्ताभित्र सञ्चालन गरिने
-
पक्राउ पुर्जी जारी भएपछि सिरोहिया – सहकारी ठगीबारे लेख्न एक इन्च पछि हटिन्न
-
फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि १ अर्ब ८७ करोड अनुदान
-
नीति तथा कार्यक्रममाथि छलफल शुक्रबार हुने
प्रतिक्रिया