महराले भने– म पक्राउ पर्दिन, राहुल आफैं गयो
काठमाडौं । माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले भेप सुन प्रकरणमा आफू पक्राउ नपर्ने बताएका छन् ।
आज नेपालवाचसँगको कुराकानीमा उनले यो प्रकरणबारे प्रहरी महानिरिक्षक बसन्त कुवँरसँग कुरा भइरहेको र छोरा राहुलले यसबारे दिएको बयानले नै पुग्ने बताएका हुन् । महराका अनुसार आइजी कुवँरले नै उनलाई बयान दिन जानुनपर्ने आश्वासन दिएका छन् ।
‘यसबारेमा आइजीसँग कुरा भइरहेको छ । राहुल आफैं बयान दिन गयो । छोराको बयानले सबैकुरा पुग्छ । म जानु पर्दैन भन्नुभएको छ,’ उनले भने ।
सुन प्रकरणमा संलग्न रहेको आरोप लागेपछि पक्राउ पुर्जि जारी भएका उनका छोरा राहुललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) ले नियन्त्रणमा लिइसकेको छ।
केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जफत भएको इलेक्ट्रिक सिगरेट(भेप) मा राखेर ल्याइएको सुन प्रकरणमा महराका बाबुछोराकै नाम मुछिएको थियो।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया