रुसले इन्धन डिपोमा हमला गरेको युक्रेनको दाबी
काठमाडौं । युक्रेनका सेना प्रमुखका अनुसार रुसी सेनाले युक्रेनको आवासीय क्षेत्रमा क्षेप्यास्त्र आक्रमण जारी राखेको छ । साथै मानवीय संकट निम्त्याउने उद्देश्यले इन्धन डिपोमा आक्रमण गरेको युक्रेनले दाबी गरेको छ । यतिवेला राजधानी किएभ, लभिभ, रिब्ने, जाइटामिर, लुत्स्कलगायतका सहरका इन्धन डिपो प्रभावित भएको बताइएको छ ।
युक्रेनी सेनाले रुसी सेनाले राजधानी किएभ, दक्षिणपूर्वीमा जाफोरिज्जिया, दक्षिणमा खेरसोन र पूर्वमा खार्किभ सहरमा सर्वसाधारणलाई लुट्ने, अपहरण गर्ने र बन्धक बनाउने गतिविधि गरिरहेको बताएका छन् ।
रुस र युक्रेनबीच युद्ध जारी रहेको ३४ दिन पुगेको छ । मंगलबार नै टर्कीमा युक्रेन र रुसका प्रतिनिधिमण्डलबीच अर्को चरणको शान्तिवार्ता हुँदैछ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया