जसपाले तोक्यो मधेस प्रदेश समितिका जिल्ला इञ्चार्ज र सहइञ्चार्ज
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेश समितिका आठ जिल्लामा इञ्चार्ज र सहइञ्चार्ज तोकेको छ ।
प्रदेश समितिको बैठकले आठवटै जिल्लाका इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारी तोकेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार सप्तरीको इञ्चार्जमा बादलप्रसाद यादव र सहइञ्चार्ज छेदी यादव, सिरहाको इञ्चार्जमा कौशलेन्द्र यादव र सहइञ्चार्जमा विष्णुकुमार साह, धनुषाको इञ्चार्जमा राजनारायण यादव र सहइञ्चार्जमा शैलेन्द्रकुमार यादव, महोत्तरीको इञ्चार्जमा अशोककुमार यादव र सहइञ्चार्जमा राजिवकुमार यादवलाई तोकिएको छ ।
यसैगरी, सर्लाहीको इञ्चार्जमा रामआशिष यादव र सहइञ्चार्जमा सञ्चमाया मोक्तान, रौतहटको इञ्चार्जमा चन्देश्वर महतो र सहइञ्चार्जमा राजकुमार दास, बाराको इञ्चार्जमा सिहासन कलवार र सहइञ्चार्जमा सोहन शर्मा तथा पर्साको इञ्चार्जमा अवधभूषण यादव र सहइञ्चार्जमा दीपक यादव रहेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया