संघीय निजामती सेवा विधेयक भोलि पारित हुँदै

काठमाडौं । सरकारले भोलि बुधबार संघीय निजामती सेवा विधेयक पारित गर्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रिय सभामा उठेका प्रश्नको जवाफ दिँदै यस्तो जानकारी दिएका हुन् ।
उनका अनुसार भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले उक्त विधेयक पारित गरी संसदमा पेश गर्ने सम्भावना छ ।
प्रधानमन्त्री प्रचण्डका अनुसार उक्त विधेयकलाई सरकारले परिमार्जन गरेर अन्तिम रूप दिइसकेको छ ।
लामो समयदेखि अड्किएको उक्त विधेयक ऐन बनेर नआउँदा सेवा प्रवाहका धेरै विषयहरू प्रभावित भएका छन् ।
राष्ट्रिय सभामा आज ‘संविधान अनुसार बन्न बाँकी कानुनहरुको अध्ययन प्रतिवेदन २०८०’ माथि छलफल भएको थियो । छलफलमा भाग लिँदै सांसदहरूले संविधान अनुकूल कानुन यथासिघ्र बनाउन माग गरेका छन् ।
प्रतिक्रिया