दुई लाख श्रीलंकाली रोजगारीका लागि विदेश पलायन

एजेन्सी । श्रीलंकाको वैदेशिक रोजगार विभागमा दर्ता भई यस वर्ष हालसम्म दुई लाखभन्दा बढी श्रीलङ्काली वैदेशिक रोजगारीमा गएका छन् ।
सन् २०२२ मा करिब तीन लाख ११ हजार श्रीलङ्काली वैदेशिक रोजगारीका लागि प्रस्थान गरेको र यस वर्ष पनि त्यति नै सङ्ख्यामा श्रीलङ्काबाट बाहिरिने अनुमान गरिएको श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायककाराले बताए।
यसैबीच विदेशमा रहेका श्रीलङ्कालीहले सन् २०२३ को पहिलो छ महिनामा दुई अर्ब ८० करोड अमेरिकी डलरभन्दा बढी रकम स्वदेश पठाएका छन् ।
कामदारहरूको विप्रेषण श्रीलङ्काको विदेशी मुद्रा आयको एक प्रमुख स्तम्भ भएको छ । यसले बढ्दो व्यापार घाटाविरुद्ध पर्याप्त योगदान प्रदान गर्दछ र देशको बाह्य क्षेत्रको लचिलोपनलाई बढावा दिन्छ ।
श्रीलङ्काको केन्द्रीय बैंकले ब्याजदर बढाउनु र अत्यावश्यक वस्तुहरूको आयात कटौतीपछि औषधि, खाद्यान्न र ग्यासजस्ता वस्तुहरूको कमीले जीवन कष्टकर भएपछि श्रीलङ्काली नागरिक आन्दोलित भएका थिए ।
आन्दोलनका भरमा श्रीलङ्काका राष्ट्रपति गोटावाया राजापाक्षले राजिनामा दिनु परेको थियो भने लामो राजनीतिक अनुभव सम्हालेका वर्तमान् राष्ट्रपति रनिल विक्रमासिङ्घेको नेतृत्वमा स्थितिलाई सम्हाल्ने काम भएको छ ।
सुधारका संकेत देखिएका छन् । मुद्रास्फीति घटेको छ र आर्थिक गतिविधि सामान्य देखिन थालेका छन् । यद्यपि, आर्थिक संकटले पारेको घाउहरू निको हुन निकै समय लाग्ने देखिएको छ ।
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया