मधेश प्रदेशका १४ कर्मचारी बढुवामा सिफारिस

काठमाडौं । मधेश प्रदेशको अर्थ मन्त्रालयले सेवा प्रशासनमा कार्यरत १४ जनालाई लेखा समूह पाँचौं तहमा बढुवाका लागि सिफारिस गरेको छ ।
जनकपुरमाधस्थित प्रदेशको अर्थमन्त्रालयको बढुवा समितिले जेष्ठता र कार्य सम्पादनबाट हुने बढुवाका लागि १४ जनालाई सिफारिस गरिएको सूचना जारी गरेको हो ।
बढुवाका लागि सिफारिस हुनेमा सुशिल कुमार यादव, ज्ञानेन्द्र कुमार यादव, दिप कुमार महतो, सन्तोष पण्डित, रंजित यादव रहेका छन् ।
त्यस्तै, मुकेश प्रजापती, राजु कुमार यादव, मेघलाल योन्जन, गोविन्द किशोर साह, रामबालक प्रसाद यादव, काशी चौधरी, पंकज कुमार साह, अमित कुमार राउत र महाविर प्रसाद यादवलाई बढुवाका लागि सिफारिस गरिएको सूचनामा उल्लेख छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया