पूर्वी युक्रेनमा रुसले गरेको आक्रमणमा १६ जनाको ज्यान गयो : जेलेन्स्की
काठमाडौं । बुधबार पूर्वी युक्रेनको एक बजारमा रुसी आक्रमणमा परी १६ व्यक्तिको मृत्यु हुनुका साथै अन्य केही घाइते भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।
“अहिले रूसी आतङ्ककारीको तोपखानाले डोनेट्स्क क्षेत्रको कोस्ट्यान्टीनिभका शहरमा १६ जनाको हत्या गरेको छ । आक्रमण व्यवसायिक स्थलमा पसलहरू खुलेको र सर्वसाधारण सामान खरिदका निम्ति बजारमा व्यस्त रहेको भएको आक्रमणमा अन्य धेरै व्यक्ति घाइते भएका छन्,” जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन् ।
प्रधानमन्त्री डेनिस श्मीगलले सेक्युरिटी क्यामेरा फुटेज पोस्ट गरेका छन् । छोटो भिडियोमा विस्फोटले कियोस्कको भीडलाई तितरभितर बनाएको र घटनापछि स्थानीय बासिन्दाहरू उद्धारका लागि दौडिरहेका देखिन्छ ।
मृत्यु हुनेमा एक बालक रहेको उनले बताए ।
युक्रेनको गृह मन्त्रालय इगोर क्लाइमेन्कोले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आक्रमणमा परी २८ जना घाइते भएको जनाएको छ ।
कोस्ट्यानटाइनिभका पूर्वी औद्योगिक क्षेत्र डोनेट्स्कमा अनुमानित ७० हजार मानिसहरूको बसोबास भएको युद्धमा अग्रपङ्तीमा रहेको एक शहर हो ।
कोस्ट्यानटाइनिभका फेब्रुअरी २०२२ मा रूसले आक्रमण सुरु गरेदेखि युद्धको केन्द्र बिन्दु बनेको छ ।
सन् २०१४ देखि क्रेमलिन समर्थित पृथकतावादी समूहले डोन्टेट्स्कलाई आंशिक रूपमा नियन्त्रण गर्दै आएको छ र रूसले गत वर्षको अन्त्यतिर अन्य तीन जनासँग मिलेर यो क्षेत्र आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया