गायक सुनिल दवाडीको ‘गुँडैले चरी’ सार्वजनिक

काठमाडौं । गायक सुनिल दवाडी र बिषाखा साहीको स्वर रहेको गीत ‘गुँडैले चरी’ सार्वजनिक भएको छ ।
डीपी खनालको शब्द तथा सुनिल दवाडीको संगीत रहेको सो गीत सुनिल दवाडी नामकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।
गीतलाई किशोर थापाले मिक्सिङ, मास्टरिङ गरेका छन् । गीतको भिडियोमा कमल सिङ्ग र उर्मिला कार्कीको अभिनय रहेको देख्न सकिन्छ । फराज अर्पणको निर्देशन रहेको सो भिडियोलाई विशाल थापाले खिचेका हुन् ।
गीतको भिडियोलाई फराज अर्पणले सम्पादन तथा रङ संयोजन गरेका छन् । इञ्जिनियरिङ पेशामा आवद्ध गायक सुनिलले यसअघि ‘केबल तिमी हौ’, बाह्रै टक्का, याद, तारा झार्दिन्छु, आफ्नै बाटो, लगायतका गीतहरु बजारमा ल्याइसकेका छन् ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया