यी २४ सांसद जो अविवाहित छन्
काठमाडौं । संघीय संसदका २४ सांसद अविवाहित छन् । अविवाहितमा युवादेखि ज्येष्ठ नागरिकसम्म छन् ।
संसद् सचिवालयको विवरणअनुसार राप्रपाकी ३० वर्षीया अनिशा नेपाली, कांग्रेसकी ७४ वर्षीया अम्बिका बस्नेत, कांग्रेसकै ५४ वर्षीय किशोरसिंह राठोर , रास्वपाकी ३४ वर्षीया तोसिमा कार्की, एमालेकी ४१ वर्षीया दीपा शर्मा, रास्वपाकी २७ वर्षीया निशा डाँगी, कांग्रेसकी ५२ वर्षीया प्रतिमा गौतम, रास्वपाकी ३२ वर्षीया विन्दबासिनी कंसाकार अविवाहित छन् ।
त्यस्तै, रास्वपाकी २८ वर्षीया विनिता कठायत, कांग्रेसका ३० वर्षीय योगेश गौचन थकाली, कांग्रेसकै ५४ वर्षीय रामहरि खतिवडा र ३८ वर्षीय रूपा विकले विवाह गरेका छैनन् ।
यसैगरी, राप्रपाकी ७० वर्षीया रोशन कार्की, रास्वपाका ४० वर्षीय सन्तोष परियार, एमालेकी ४२ वर्षीया सरस्वती सुब्बा, कांग्रेसकी ५६ वर्षीया सरिता प्रसाईं, कांग्रेसकै ३६ वर्षीया सीता मिजार, एमालेकी ३२ वर्षीया सुनिता बराल र कांग्रेसकी ४८ वर्षीया सुशीला थिङ पनि अविवाहित छन् ।
राष्ट्रियसभातर्फ एकीकृत समाजवादीकी ५६ वर्षीया जयन्तीदेवी राई, माओवादीका ६३ वर्षीय नारायणकाजी श्रेष्ठ, एमालेकी ४७ वर्षीया भगवती न्यौपाने, एकीकृत समाजवादीकी ५४ वर्षीया मदनकुमारी शाह र ५६ वर्षीया राजेन्द्रलक्ष्मी गैरेले पनि घरजम गरेका छैनन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया