कंगोमा युएन मिसनको हेलिकप्टर दुर्घटना हुँदा ८ सैनिककाे मृत्यु

काठमाडौं । कंगोमा संयुक्त राष्ट्र संघको शान्ति मिसनको एउटा हेलिकप्टर दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । विद्रोही समूह र कंगो सेनाबीच द्धन्द्ध भइरहेको पूर्वी क्षेत्रमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो ।
मोनुस्को भनेर चिनिने मिसनले मंगलबार उत्तरी किभु प्रान्तमा भएको दुर्घटनाको कारण खुलाएको छैन । पुमा हेलिकप्टरमा सवार आठ जनामा ६ जना चालक दलका सदस्य थिए । मृत्यु हुने सबै पाकिस्तानी सेना, अन्य दुई जना रुस र सर्बियाका सैनिक रहेको अलजजिराले उल्लेख गरेको छ ।
मोनुस्कोले सुरु गरेको खोज तथा उद्धार अभियानका क्रममा उनीहरुको शव फेला परेको हो । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शोक व्यक्त गरेका छन् ।
ताजा अपडेट
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
-
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त
प्रतिक्रिया