माधव नेपालले भने- एकिकृत समाजवादीलाई गठबन्धनबाट निकाल्ने प्रयास भयो
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनलाई कमजोर पार्न र पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्रको काम भइरहेको बताए ।
उनले गठबन्धनलाई बलियो बनाउने जिम्मेवारी आफूहरुको रहेको बताउदै षड्यन्त्रबाट होशियार रहन आग्रह गरे ।
अनुचित कुराका विरुद्धमा संघर्ष गर्ने र नयाँ स्तरको उन्नत कम्युनिष्टहरुको एकता कायम गर्दै अघि बढ्ने नीति आफूहरुको रहेको बताए ।
नेपालले अमेरिकी सहयोग परियोजना एमसीसीको विरोध गर्दैमा ठूलो हुने भए राष्ट्रिय जनमोर्चाले सय सीट ल्याउने टिप्पणी गरे ।
उनले एमसीसीको विरोधमा उभ्याएर आफ्नो पार्टीलाई सरकारबाट फाल्ने षडयन्त्र १२ बुँदे व्याख्यात्मक घोषणामार्फत असफल पारेको दाबी गरे ।
‘केही केही मान्छेहरूको गीत नै एमसीसी हामीले अस्वीकार गर्नुपथ्र्यो भन्ने छ । अरू केही होइन,’ उनले भने, ‘त्यो गरेर हामीलाई सरकारबाट फाल्दिने, पार्टीलाई कमजोर बनाउने, अमेरिकनहरूको स्वार्थको रक्षा हुने विदेशीहरूको हालीमुहाली चल्दाखेरि तमासा मात्रै हेरेर बस्ने अनि जनताले साथ वाहवाह भनेर साथ दिने थे भन्नु हवाई कल्पनाबाहेक केही पनि होइन ।’
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया