जनताका गुनासो सुन्न जिल्ला–जिल्लामा खटिदैं रास्वपाका नेता, को कहाँ जाने ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले जनताका गुनासो सुन्न पार्टीका केन्द्रीय नेताहरूलाई जिल्ला–जिल्लामा खटाउने भएको छ ।
पहिलो चरणमा पार्टी सभापति रवि लामिछानेसहित १९ जना नेता १९ जिल्लामा खटिने भएका छन् ।
यो जन आवाज सुन्ने कार्यक्रम अन्तर्गत उनीहरूले असोज ३ गतेदेखि ७ गतेसम्म आफू पुगेका जिल्लाबाट जनताका गुनासो संकलन गरेर ल्याउनुपर्ने छ ।
त्यसकाे लागि पार्टीले विराज भक्ता श्रेष्ठलाई बैतडी, सुमना श्रेष्ठलाई टिकापुर, शिरि अनाललाई रसुवा, मनिस झालाई पर्वत, गणेश पराजुलीलाई ओखलढुंगा, रोमश प्रसाईंलाई सुर्खेतमा खटाउने भएको छ ।
कपिलवस्तुमा सन्तोष परियार, संखुवासभामा विपिन आयार्य, डोटीमा डा.तोसिमा कार्की, सोलुखुम्बुमा हरि ढकाल र रौतहटमा कमल सुवेदी जानेछन् ।
अर्कोतर्फ कविन्द्र बुर्लाकोटीले कञ्चनपुर, डा.स्वर्णिम वाग्लले तनहुँ, गणेश कार्कीले सिन्धुपाल्चोक, क्रान्तिशिखा धितालले खोटाङ र शंकर श्रेष्ठले इलामका जनताका गुनासो संकलन गर्ने जिम्मेवारी पाएका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया