भीआईपीलाई मापदण्डविपरीत दिएको सुविधा १५ दिनभित्र फिर्ता गर्न निर्देशन
काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले भीभीआईपी तथा भीआईपीहरूलाई मापदण्ड विपरीत दिइएको सुविधा फिर्ता गर्न निर्देशन दिएको छ ।
समितिको आज बसेको बैठकले सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरूलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिका सभापति रामहरि खतिवडाले उनीहरूलाई फिर्ता गरी आफ्नो दरबन्दी भएको ठाउँमा पठाउन र समितिलाई जानकारी गराउन भनेको जानकारी दिए ।
यस्तै समितिले सरकारले अत्यावश्यक सेवाका कार्यालय सार्वजनिक बिदाको दिनमा पनि खोल्ने निर्णय गरेकोमा कार्यान्वयनमा प्रभावकारिता नभएकाले उक्त निर्णय कार्यान्वयन गर्न पनि निर्देशन दिएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया