व्यवहार, मनोवृत्ति र सोच परिवर्तन हुन जरुरी छ : महानिरीक्षक कुँवर
चितवन । प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्रहरीको व्यवहार, मनोवृत्ति र सोच परिवर्तन हुन आवश्यक रहेको बताएका छन् ।
नेपाल प्रहरी जुनिय अधिकृत शिक्षालय भरतपुरले आज यहाँ आयोजना गरेको २–१७८ औँ समूहको दीक्षान्त समारोहमा उनले तालिमले व्यवहार, मनोवृत्ति र सोच परिवर्तन गर्न सिकाएको बताए ।
महानिरीक्षक कुँवरले भने, ‘प्रहरीको जीवन भनेको तनाव, दबाब र चुनौतीपूर्ण छ । सही र सशक्त मानसिकताले यसको सामना गर्नुपर्छ ।’ कार्य क्षेत्रमा जाँदा चुनौतीलाई बिर्सन नहुने भन्दै उनले चुनौतीको सामना गर्नु नै प्रहरीको मुख्य जिम्मेवारी रहेको बताए ।
देश र नागरिकको सेवा गर्ने अवसरलाई पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्नुपर्ने महानिरीक्षक कुँवरको भनाइ थियो । राज्यले प्रदान गरेको अधिकारको दुरुपयोग नगरी सही मार्गमा जान उनले सबैलाई निर्देशन दिए । नेपाल प्रहरीको विश्वासले राज्यको छवि बलियो हुने भन्दै उहाँले सिकेका कुरालाई विवेकसम्मत कार्यान्वयनमा ल्याउन आग्रह गरे ।
कार्यक्रममा विसं २०७९ भदौ २० गतेदेखि सञ्चालनमा आएको तालिममा सहभागी ५५ महिलासहित चार सय २६ प्रहरी सहायक निरीक्षक दीक्षित भएका थिए । कार्यक्रममा शिक्षालयकी समादेशक प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहले दीक्षित सबैलाई कार्य क्षेत्रमा सफलताको शुभकामना व्यक्त गरे ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया