गगन भन्छन्- शिक्षा विधेयकमा ७० भन्दा बढी संशोधन हाल्नुपर्ने देखेँ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदमा दर्ता भएको ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ मा ७० भन्दा बढी ठाउँमा संशोधन हाल्नुपर्ने अवस्था रहेको बताएका छन् ।
‘यो विधेयकमा संशोधन हाल्न सुरु भएपछि मैले मात्रै हाल्ने संशोधन मैले सरसर्ती हेर्दै गर्दा ७० भन्दा बढी रहेछन् । भनेपछि कति त्रुटी रहेछन् ? यसका यावत त्रुटीहरू छन् । अहिले बनाउने कानुनले आजको समस्या मात्र होइन, कम्तिमा २० वर्षसम्म हेर्नसक्ने गरेर कानुन बन्नुपर्छ,’ थापाले भने ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विधेयकप्रति असन्तुष्टि व्यक्त गर्दै विधेयकमा धेरै त्रुटी रहेको र संसदबाट सच्याएर मात्रै पारित हुने बताए ।
महामन्त्री थापाले शिक्षकले प्राप्त गर्नुपर्ने न्यूनतम् कुरा कानुन बन्दै गर्दा पनि दिन नसके विद्यालयलाई शिक्षालाई उकास्न नसकिने बताउदै सरकारले चाँडो भन्दा चाँडो माग पूरा गरेर विद्यार्थीले पढ्न पाउने अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
थापाले विद्यालयहरू बन्द गरेर शिक्षकहरू संघर्षमा रहेको भन्दै अफ्ठ्यारो माहोल सिर्जना भएको बताए । सरकार र शिक्षकहरू बीच संवाद पनि चलिरहेको अवस्थामा केही सकारात्मक निष्कर्ष आउँछ भन्ने विश्वास रहेको बताए ।
‘हामी लामो समयदेखि नेपालको शिक्षाको सुधार गर्ने पक्षमा थियौँ । हामी के भनिरहेका थियौँ भने यो धेरै पहिला आइसक्नुपर्ने थियो । ओभरल शिक्षालाई हेर्ने एउटा कानुन धेरै पहिला आइसक्नुपर्ने थियो, त्यसमा हामी चुक्यौँ,’ थापाले भने ।
ताजा अपडेट
-
ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा
-
अरनिको राजमार्ग बिस्तार : धुलिखेल–साँगा सडकखण्डमा काम रोकियो
-
विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा
-
यसवर्ष करिब ६० हजार जना डेंगुबाट सङ्क्रमित हुने अनुमान
-
टाटाको ७.७ डिल्स लाइक नेभर विफोर कार्यक्रम, भाग्यशाली विजेतालाई आइफोन १६ उपहार
प्रतिक्रिया