आधा घण्टा समय माग गर्दा बालेनले भेट नदिएको ईःको आरोप
काठमाडौं । काठमाडौं महानगरापालिकाका मेयर बालेन शाहसँग आधा घण्टा समय माग गर्दा भेट्न नमानेको अभियन्ता ईःले बताएका छन् ।
मेयर शाहले आफ्नो कार्यालयअघि केही दिनयता उभिएर फुटपाथ व्यवसायीको व्यवस्थापनको पक्षमा शान्तिपूर्ण विरोध गरिरहेका ईःलगायतका अभियन्ताहरू वार्तामा आउन नमानेको आरोप लगाएका थिए ।
सामाजिक सञ्जालमा अभियन्ताहरू वार्तामा आउन नचाहेको भनेर लेखेको स्टाटसको खण्डन गर्दै ईःले यसको स्पष्टिकरण दिएका हुन् ।
उनका अनुसार नगर प्रहरीले अकस्मात आफूहरूलाई हप्काउँदै राष्ट्रिय सभागृहको पार्किङ लटमा बोलाए । प्रहरीले मेयरसँग वार्तामा जानका लागि प्रस्ताव गरेपछि आफूहरूले कानुन विज्ञ, शहरी व्यवस्थापन विशेषज्ञ र सडक व्यवसाय प्रतिनिधिलाई बोलाउन ३० मिनेट समय माग गरेको ईःले बताएका छन् ।
त्यत्ति समय माग गर्दा नगरप्रहरीले रिसाएर ‘त्यसो भए मेयरले भेट्दैन’ भनेर जवाफ दिएको ईःको भनाई छ ।
मेयर कार्यालय अघि ईंःलगायतका अभियन्ताहरू गत मंगलबारदेखि उभिएरै विरोध जनाइरहेका छन् । सुरुमा ७७ घण्टा उभिने भनेर सुरु गरिएको यो अभियानको समय बुधबारसम्मका लागि थप गरिएको छ । फुटपाथ व्यवसायीहरूको विस्थापन नभएर उचित व्यवस्थापन गरिनुपर्ने उनीहरूको माग छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया