रूखमा कार ठोक्किँदा पाँच जनाको मृत्यु

एजेन्सी । भारतको मध्य प्रदेशको उमरिया जिल्लाको राजमार्गमा सोमबार बिहान रूखमा एउटा कार ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ ।
वीरसिंहपुर पाली थाना क्षेत्रमा सोमबार राति १२ः३० बजे दुर्घटना भएको हो । कारमा सवार पाँच जनामध्ये तीन जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
वीरसिंहपुर पाली प्रहरी चौकीका प्रमुख मदनलाल मारावीले भने, ‘शहडोल जिल्लाबाट कारमा आएका पाँच जना गत राति जिल्लाको एक दाभामा खाना खाएर फर्किने क्रममा भएको दुर्घटनामा तीन जनाको घटनास्थलमा नै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ ।’
घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेको र घटनाको अनुसन्धान सुरु गरेको छ । मृतकको शव पोष्टमार्टमका लागि पठाइएको र त्यसपछि परिवारको जिम्मा लगाइने मारवीले बताए ।
ताजा अपडेट
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
प्रतिक्रिया