महानगरका प्रतिनिधि र ईः का टोलीहरुबीच वार्ता सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रतिनिधि र अभियन्ता ईः का टोलीहरुबीच वार्ता सुरु भएको छ ।
फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नुपर्ने मागसहित विरोधमा राष्ट्रिय सभागृह अघि ८ दिन देखि उभिएर प्रदर्शन गरिरहेका अभियान्ता ईः सँग वार्ता गर्न महानगरले वार्ता टोली बनाएको थियो ।
वार्तामा महानगरपालिकाका तर्फबाट प्रवक्ता नवीन मानन्धर, वडाध्यक्ष चीनकाजी महर्जन, कानुन विभाग प्रमुख बसन्त आचार्य, कुमार ब्यञ्जनकार र धिरज जोशी सहभागी छन् ।
भने ईःको टोलीबाट विवेकशील साझाका सहसंस्थापक गोविन्द नारायणको नेतृत्वमा अधिवक्ता सञ्जय अधिकारी, प्रज्वलत्ता कार्की, सडक व्यवसायीका प्रतिनिधि सुजन गिरी र शहरी पूर्वाधार विज्ञ राज महर्जन सहभागी छन् ।
उपमेयर सुनिता डंगोलले आजै अभियन्ता ईःलाई भेटेकी थिइन् । भेटमा उनले ईःले उठाएका मागहरुप्रति महानगर संम्वेदनशील रहेको बताएकी थिइन् ।
ताजा अपडेट
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
प्रतिक्रिया