अझै सम्पर्कमा आएनन् १६० दिनदेखि सम्पर्कविहीन सहसचिव
काठमाडौं । नेपाल सरकारका एक सहसचिव १६० दिनदेखि सम्पर्कविहीन भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्राविधिकतर्फका सहसचिव डा. कमलराज गैरे गत वैशाख २ गतेदेखि बिना जानकारी गैरहाजिर रहेका हुन् ।
अन्तिम पटक उनले भुटानको पुनाख डेजोङमा खिचेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट् गरेका थिए । त्यसैका आधारमा उनी विदेश रहेको अनुमान गरिए पनि अझैसम्म आफू पदाधिकार भएको कार्यालयको सम्पर्कमा आएका छैनन् ।
बिदा स्वीकृत बेगर सहसचिव अनुपस्थित भएपछि मन्त्रालयले उनीमाथिको कारबाही प्रक्रिया अघि बढाएको छ ।
बिना जानकारी लगातार ९० दिन पदाधिकार रहेको कार्यालयमा अनुपस्थित रहेकाले निजामती सेवा ऐन, २०४९ अनुसार ३५ दिनको समय दिएर उनलाई गत भदौ १९ गते नै सफाइ पेश गर्न भनिएको थियो । मन्त्रालयमा जारी सोही सूचनामा तोकिएको समयमा स्पष्टीकरण पेश नगरेको खण्डमा कानूनबमोजिम थप कारबाही प्रक्रिया अघि बढ्ने चेतावनीसमेत दिइएको थियो । मन्त्रालय स्रोतका अनुसार उनले अहिलेसम्म स्पष्टीकरण पेश गरेका छैनन् ।
निजामती सेवा ऐनमा ९० दिनभन्दा बढी गैरहाजिर कर्मचारीलाई सफाइ पेश गर्न समय दिने र उक्त अवधिमा चित्त बुझ्दो प्रष्टीकरण नआएमा वा सम्पर्क नगरेमा जागिरबाट बर्खास्त गर्न सकिने व्यवस्था छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया