चार किलो सुन बरामद, तीन जना पक्राउ

दोलखा । दोलखाको सिँगटीबाट तस्करीको सुन बरामद भएको छ । बुधबार राति प्रहरीले करिब चार किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।
दोलखाका प्रहरी प्रमुख डिएसपी दीपक खड्काका अनुसार इलाका प्रहरी कार्यालय सिँगटीको टोलीले सुन बरामद गरेको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।
लप्ची नाकाको लामाबगर हुँदै तस्करहरूले सुन भित्र्याएको अनुमान गरिएको छ । ‘करिब चार केजी सुनसहित तीनजना पक्राउ परेका छन्, अहिले मुचुल्का उठाइएको छ,’ डिएसपी खड्काले भने, बिहीबार सार्वजनिक गर्छौँ ।’ एक साताअघि मात्रै दोलखाको लप्ची नाका खुला गरिएको थियो ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया