नायक अनमोल केसी पक्राउ, आपराधिक विश्वासघातको मुद्दा

काठमाडौं । फिल्म निर्माताले दिएको आपराधिक विश्वासघात मुद्दामा नायक अनमोल केसी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार उनलाई काभ्रेको साँगाबाट पक्राउ गरेको हो ।
रावायण फिल्मका निर्माता सुदर्शन थापाले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको एसपी रबिन्द्र रेग्मीले बताए । फिल्म खेल्न भनेर सुरुमा १० लाख लिएका थिए तर पछि फिल्म अस्वीकार पनि गरे भने पैसा पनि फिर्ता दिएनन् । सुरुमा प्रहरीले छलफल गराउन खोज्दा केसीले जे गरे पनि आउँदिन भनेर जवाफ दिएपछि प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएको हो ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया