एमाले अध्यक्ष ओलीसहितका एमाले नेता बालुवाटारमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीसहित सो पार्टीका केही नेता प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटका लागि निम्तो गरेपछि ओलीसहित एमाले नेता बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्री प्रचण्डको सचिवालयले एमाले अध्यक्ष ओली, उपाध्यक्ष विष्णु पौडेल र सो पार्टीका संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला छलफलका लागि बालुवाटार आएको जनाएको छ ।
अमेरिका र चीनको भ्रमण सकाएर फर्किएलगत्तै प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेतासँग संवाद गर्न लागेका हुन् । छलफलको विषय भने खुलेको छैन ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया