सुन तस्करी प्रकरणः तीन सदस्यीय उच्चस्तरिय आयोग बनाउने सहमती, आजैबाट काम थाल्ने

काठमाडौं । सुन तस्करी प्रकरणको छानविनका लागि तीन सदस्यीय उच्चस्तरिय छानविन आयोग बन्ने भएको छ ।
आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले बालुवाटारमा बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठकमा सुन तस्करी प्रकरणको छानविनका लागि तीन सदस्यीय उच्चस्तरिय छानविन आयोग बनाउने सहमती जुटेको हो ।
उच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वकोसुन तस्करी छानबिनका लागि आजै ३ सदस्यीय आयोग बनाउने विषयमा सहमति भएको एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए ।
आयोगको अवधी ३ महिनाको हुनेछ । प्रतिनिधिसभाको बैठक पनि आज बस्दैछ । त्यसअघि नै मन्त्रिपरिषद्ले आयोग गठनको निर्णय गर्नेछ । बर्तौलाका अनुसार मन्त्रिपरिषद्ले उक्त निर्णय गरिसकेपछि प्रतिनिधिसभा बैठक चलने बताए ।
तत्काल क्याबिनेटबाट निर्णय गराई आयोगले आजैबाट काम शुरु गर्ने र तीन महिनाभित्र सम्पन्न गरिसक्ने कार्यादेश पनि बैठकले दिएको उनले बताए ।
यसअघि असोज ५ गते आयोग बनाएर सोहि दिनबाट छानबिन शुरु गर्ने सहमति भएको भएपनि हालसम्म आयोग बनेको थिएन् ।
ताजा अपडेट
-
स्कटल्याण्डले नेपाललाई दियो ३२४ रनको लक्ष्य
-
प्रतिनिधि सभामा विपक्षीको अवरोध कायमै, सोमबारसम्म स्थगित
-
प्रधानमन्त्री ओलीद्वारा निर्माणाधीन टियु क्रिकेट मैदानको अवलोकन
-
प्रतिनिधिसभा बैठक फेरि साढे पाच बजेलाई सर्यो
-
प्रधानमन्त्री ओली भन्छन् : ७० वर्षे उमेर हदको विषय फेल खाइसक्यो
प्रतिक्रिया