पृथ्वीसुब्बा गुरुङ भन्छन्- अझै १० वर्ष एमालेमा केपी ओलीको विकल्प छैन
काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले स्वाधिनताको अभियान डगमगिन नदिनका लागि अझै १० बर्ष पार्टी केपी ओलीको नेतृत्व स्विकार्नु पर्ने बताएका छन् ।
एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन बोल्दै गुरुङले पार्टीमा अझै १० वर्षसम्म केपी शर्मा ओलीको विकल्प नरहेको दाबी गरेका हुन् ।
त्यसक्रममा उनले एमालेलाई हल्लाउन सक्ने कुनै शक्ति नरहेको र एमाले हल्लिए आफ्नै कारणले हुने बताए । समाजवादको आधार तयार पार्न एमालेले लगातार २०÷२५ वर्ष जित्नुपर्ने उनको जिकिर थियो ।
त्यसक्रममा गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार टिकाउनकै लागि अपराधीसँग सम्झौता गरेको बताए ।
प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग म्याच फिक्सिङ गरेको आरोप लगाएका हुन् ।
‘कांग्रेस शोसक, कमिसनखोर र भ्रष्टाचारीहरुको पार्टी हो । आज प्रचण्ड सरकारमार्फत् कमिसनखोर र तस्करहरु समातेको नाउमा कमरेड प्रचण्डले माधव नेपालसँग म्याच फिक्सिङ गरे’, उनले भने ।
उनले माधवको पार्टी धेरैदिन नटिक्ने दाबी गर्दै एमालेमा प्रवेश गर्नसमेत आग्रह गर्दै गठबन्धन फुटाएर सरकार परिवर्तन नगरी अहिलेको विकृति अन्त्य नुहुने बताए ।
ताजा अपडेट
-
पोखराको प्राइम सहकारीमा डेढ अर्ब हिनामिना, अध्यक्षसहित आठ पक्राउ
-
लागूऔषध मुद्दामा ७७ जना पक्राउ
-
‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गरिने
-
पाठेघर क्यान्सरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने
-
सबै स्वास्थ्य क्षेत्रलाई स्वास्थ्य बीमामा अनिवार्य आवद्ध गरिने
प्रतिक्रिया