नापी विभागका ८५८ कर्मचारीको सरुवा, को कहाँ ? [सूचीसहित]
काठमाडौं । नापी विभागले ठूलो सङ्ख्यामा कर्मचारीहरूको सरुवा गरेको छ । विभागले सोमबार अधिकृतदेखि खरिदारसम्मका ८५८ कर्मचारीको सरुवा गरेको हो ।
जसमा, नेपाल इन्जिनियरिङ सेवा, सर्भे समूह, राजपत्राङ्कित तृतीय श्रेणी, नापी अधिकृत पदका ११३, राजपत्र अनङ्कित प्रथम श्रेणी, सर्भेक्षक पदका ४९८ र अनङ्कित द्वितीय श्रेणी अमिन पदका २४७ जना कर्मचारी रहेका छन् ।
त्यस्तै विभागले सात जना नापी अधिकृतको पदस्थापनसमेत गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट स्वीकृत कर्मचारी सरुवा सम्बन्धी मापदण्ड, २०८० का आधारमा निजामति सेवा ऐन २०४९ को दफा १८ को उपदफा (१) बमोजिम सरुवाको निर्णय गरेको विभागले जनाएको छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया