नापी विभागका ८५८ कर्मचारीको सरुवा, को कहाँ ? [सूचीसहित]
काठमाडौं । नापी विभागले ठूलो सङ्ख्यामा कर्मचारीहरूको सरुवा गरेको छ । विभागले सोमबार अधिकृतदेखि खरिदारसम्मका ८५८ कर्मचारीको सरुवा गरेको हो ।
जसमा, नेपाल इन्जिनियरिङ सेवा, सर्भे समूह, राजपत्राङ्कित तृतीय श्रेणी, नापी अधिकृत पदका ११३, राजपत्र अनङ्कित प्रथम श्रेणी, सर्भेक्षक पदका ४९८ र अनङ्कित द्वितीय श्रेणी अमिन पदका २४७ जना कर्मचारी रहेका छन् ।
त्यस्तै विभागले सात जना नापी अधिकृतको पदस्थापनसमेत गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट स्वीकृत कर्मचारी सरुवा सम्बन्धी मापदण्ड, २०८० का आधारमा निजामति सेवा ऐन २०४९ को दफा १८ को उपदफा (१) बमोजिम सरुवाको निर्णय गरेको विभागले जनाएको छ ।
ताजा अपडेट
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ


प्रतिक्रिया