महानगरपालिकाले रोपेको बिरुवा उखालेर फाल्दा…

भरतपुर । भरतपुर महानगरपालिकामा बिरुवा उखाल्ने महिला सोमबार पक्राउ परेकी छिन् ।
भरतपुर –३ अन्तर्गत सहिदचोक–बेलचोक सडकखण्डमा रोपिएको बिरुवा उखेल्ने २८ वर्षकी खुस्बी रौनियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
सिसीटिभी फुटेजको आधारमा रातको समयमा आफ्नै पसल अगाडि रहेको बिरुवा उखलेर फालेको अभियोगमा रौनियारलाई पक्राउ गरिएको उनले बताए। उनले घर अगाडि रुख ठूलो भई असर पार्ने जनाउँदै बिरुवा उखालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
गत शुक्रबार भरतपुर महानगरपालिकाले वृक्षरोपण महाअभियानअन्तर्गत महानगरपालिका प्रमुख रेनु दाहाललगायतको उपस्थितिमा सडकमा बिरुवा रोपिएको थियो ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया